Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

विशेष महाधिवेशनबारे छलफल गर्न गगन–विश्व शेखरसँग भेट्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी नेता डा. शेखर कोइरालासँग भेटवार्ता गर्ने तयारी गरेका छन्। बैठक विशेष महाधिवेशनको विषयमा हुने जानकारी छ।

नेता कोइरालाले नियमित महाधिवेशन समयमै नभए विशेष महाधिवेशनमार्फत पार्टी एकता कायम राख्नुपर्ने धारणा सार्वजनिक गरेपछि महामन्त्रीहरूले उनीसँग भेट गर्ने निर्णय गरेका हुन्।

कोइरालाले मंगलबार आफ्ना नजिकका केही युवा नेताहरूसँगको छलफलमा भनेका थिए, “मंसिरको सट्टा पुस अन्तसम्म महाधिवेशन हुनुपर्‍यो। हुन सकेन भने केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जाने। सेन्ट्रल कमिटीले बहुमतको आधारमा होइन, सम्पूर्ण बडीले निर्णय गर्नेछ।”

नियमित महाधिवेशनका लागि संस्थापन पक्षसँग सहमति नबनेपछि विशेष महाधिवेशन अपरिहार्य रहेको महामन्त्रीहरूले औँल्याएका छन्। गगनकुमार थापाले २७ मंसिरमा केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशनको प्रस्ताव पेश गरिसकेका छन्।

मंगलबार हुने भेटवार्ताको समय र स्थान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

ताजा समाचार

थप समाचार