Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
20.6 C
Birgunj
spot_img

ओलीको नेतृत्वमा एमालेले पार्टी कहिल्यै उठ्न नसक्ने अवस्था बनाउने उद्देश्य राखेको भुसालको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ मंसिर । पुनर्गठित नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले नेताहरूको सत्ता स्वार्थका कारण नेपालको वामपन्थी आन्दोलन संकटग्रस्त बन्दै गएको बताएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई कमजोर र कहिल्यै उठ्न नसक्ने अवस्थामा पुर्‍याउने रणनीति लिएको आरोप लगाएका छन्।

भुसालले सामाजिक सञ्जालमा लेखेका छन् कि भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसले समाजले दिएको सन्देश नेताहरूले नसुनेको जस्तो भएको छ। उनले चेतावनी दिँदै भनेका छन् कि यही महिना र आगामी निर्वाचनसम्म वामपन्थी आन्दोलनमा अझ ठूला चुनौती र दुर्घटना हुनसक्ने सम्भावना छ।

उनले ओलीमाथि आरोप लगाउँदै भने, “आत्मप्रशंसा, असहिष्णुता, उद्दण्डता, पपुलिज्म र मूल्यहीनताका कारण ओलीले नेकपा एमालेको जहाजलाई भयानक दुर्घटनामा लैजाँदै छन्। आफ्नो जीवनको बाँकी मुख्य काम पार्टीलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो। सम्भवतः आगामी महाधिवेशनमा त्यो पूरा हुने छ।”

भुसालले नेकपा भित्रको एकता, विचार, उद्देश्य र संगठनमा समस्या रहेको भन्दै प्रचण्ड नेतृत्वको पार्टीमा निर्णय केन्द्रित, व्यक्तित्व–केन्द्रित प्रणाली भएको आरोप पनि लगाएका छन्। उनका अनुसार विचार र मुद्दामा छलफल रोकिएको छ र पार्टीको शक्ति मात्र बाह्य छवि देखाउने कार्यमा सीमित भएको छ।

यसबीच, भुसालले क्रान्तिकारी र युवापुस्तालाई आन्दोलन र संगठनको नयाँ बाटोमा लाग्न प्रेरित गर्दै भने, “साँचो विचार र एजेण्डासहित मैदानमा उत्रिए सानो समूहले पनि राजनीतिको भाष्य परिवर्तन गर्न सक्छ। हाम्रो पुस्ताले यति काम गर्न सके, हाम्रो आन्दोलनको इतिहासमा ठूलो योगदान हुनेछ। आउनुस्, साथीहरू, छलफल गरौँ।”

ताजा समाचार

थप समाचार