spot_img

२३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

spot_img
spot_img

काठमाडौँ,०२ मंसिर । प्रहरीले इटहरी उपमहानगरपालिका–१२ स्थित नसिब फार्मेसीका सञ्चालक नसिबनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई २३ हजार ८ सय थान प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार र जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त टोलीले दम्पतीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट १९८० पत्तामा १९ हजार ८ सय क्याप्सुल र ४ सय पत्तामा ४ हजार ट्रामाडोल ट्याब्लेट बरामद गरेको बताएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय