spot_img

सत्यको पक्षमा उभिँदा पार्टी बलियो बन्छ : गगन थापा

spot_img
spot_img

काठमाडौँ,०२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्यको पक्षमा उभिँदा पार्टी फुट्ने नभई अझ बलियो हुने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत उनले यो कुरा बताए।

थापाले कांग्रेसभित्रको वर्तमान बहस अधिवेशनको मितिमाथि नभई पार्टी सुधारको दिशामा केन्द्रित भएको बताए। उनले भने, “नागरिकले दिएको सन्देश स्पष्ट छ – पुरानो शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्काउन सकिन्छ। सत्यको पक्षमा उभिँदा पार्टी कमजोर हुँदैन, बलियो हुन्छ।”

महामन्त्री थापाले नेता–कार्यकर्तालाई धैर्य राख्न आग्रह गर्दै नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ आगामी निर्वाचनमा सहभागी हुने प्रतिबद्धता पनि व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय