Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

किशोरीको शव चार सातादेखि अस्पतालमा, मृत्युको कारण अझै खुल्न सकेन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,०२ मंसिर । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव चार सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। परिवारले बलात्कारपछि हत्या भएको आरोप लगाउँदै संलग्न पक्राउ नभएसम्म शव बुझ्ने अस्वीकार गरेको छ।

प्रहरीले घटनाको छानबिनमा मिहिन अनुसन्धान जारी राखेको जनाएको छ। जिल्ला प्रहरी मोरङका प्रमुख एसपी कवित कट्वालका अनुसार, “सुक्ष्म अनुसन्धान भइरहेको छ र सकेसम्म चाँडो सत्यतथ्य सार्वजनिक गर्नेछौं।”

अंशु २१ असोज, कोजाग्रत पूर्णिमाको दिन दिउँसो ‘पिङ खेल्न जान्छु’ भन्दै घरबाट निस्केकी थिइन्, तर फर्किन सकिनन्। परिवारले खोजी गर्दा पनि उनको कुनै खबर पाइएन र अन्ततः प्रहरीमा निवेदन दिइयो। १८ दिनपछि ७ कात्तिकमा घरदेखि करिब ४ किलोमिटर टाढाको चिसाङ साझेदारी वन क्षेत्रमा स्थानीयले उनको क्षतविक्षत शव फेला पारे। शवको पहिचान परिवारले चप्पल र कपडाका आधारमा मात्र गर्न सके।

पोष्टमार्टम रिपोर्टले मृत्युको कारण खुलाउन सकेको छैन। घटनास्थलबाट संकलन गरिएका फरेन्सिक नमुना र डिएनए रिपोर्टहरू आउन बाँकी छन्। एसपी कट्वालका अनुसार, “सबै रिपोर्ट आएपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ। केही शंकास्पद व्यक्तिहरू अनुसन्धानको दायरामा छन्।”

अंशुको परिवार न्यायको पर्खाइमा रहेको छ। उनका पिता नवीन गौतम भन्छन्, “दोषी पक्राउ नपरेसम्म हामी शव उठाउँदैनौं। अपराधीले सजाय पाउनैपर्छ।”

स्थानीयका अनुसार, अंशुको मृत्युपछि लेटाङ क्षेत्रमा बालबालिका घरबाहिर निस्कन डराउन थालेका छन्।

ताजा समाचार

थप समाचार