Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

सिमरा क्षेत्रमा दिउँसो १२:३० देखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०३ मंसिर । बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का महासचिव नेता शङ्कर पोख्रेल र प्रभावशाली नेता महेश बस्नेत आउने खबर पाए लगत्तै सिमरामा युवाहरूले मङ्गलवार तीव्र विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शन चर्किँदै जाँदा सिमरा विमानस्थलमा तोडफोड भएको, प्रहरीसँग ढुङ्गा–मुढा भएको र एमाले कार्यकर्तासँग झडप समेत भएको छ ।

जेन–जी नामक युवा समूहले नेताहरू प्लेनमार्फत सिमरा विमानस्थलमा अवतरण गरेर सडक मार्ग हुँदै परवानीपुर जाने सूचना पाएपछि विमानस्थल चोकमा जम्मा भएर नारा–जुलुससहित विरोध प्रदर्शन सुरु गरेको थियो । प्रदर्शनकारीले “शङ्कर–महेश फिर्ता जाऊ, सिमरा छोडेर जाऊ” जस्ता नारा लगाएका थिए । केही बेरमै प्रदर्शनकारी र एमाले निकटका नेता–कार्यकर्ताबिच हात हालाहाल र झडप भएको थियो ।

सिमरा विमानस्थल आसपास Zen-Z युवाहरूको विरोध प्रदर्शन तथा राजनीतिक दल–सम्बद्ध समूहहरूबीच झडप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, बाराले आज कर्फ्यु आदेश जारी गरेको छ। भीड नियन्त्रण तथा सरकारी/निजी सम्पत्ति जोगाउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यु लगाइएको हो।

कर्फ्यु आज मिति २०८२।०८।०३ गते दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म लागू हुनेछ। कर्फ्यु अवधि­मा तोकिएको क्षेत्रमा कसैलाई आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

कर्फ्यु लाग्ने क्षेत्रः गण्डक नहरदेखि पथलैया सडक खण्ड (राजमार्गको दायाँ–बायाँ ५०० मिटर भित्र)

सिमरा विमानस्थल वरिपरि ५०० मिटर भित्र प्रशासनले जनसाधारणलाई जिम्मेवारीपूर्वक कर्फ्यु आदेश पालना गर्न आग्रह गर्दै सुरक्षा निकायलाई कडा निगरानी र कार्यान्वयनमा खटाएको जनाएको छ।

ताजा समाचार

थप समाचार