सिराहा,०३ मंसिर । सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहामा मध्यराति डाँका समूहले गरेको गोली प्रहारमा बुबा–छोरा गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो रहेका छन्।
प्रहरीका अनुसार दुवैलाई छातीमा गोली लागेको छ। गम्भीर घाइते दुवैजनालाई तत्कालै उपचारका लागि विराटनगरस्थित अस्पताल लैजाने व्यवस्था गरिएको प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
मध्यराति घरमा पसेको डाँका समूहले लुटपाट गर्ने प्रयास गरेको र त्यसैको प्रतिकार गर्ने क्रममा गोली चलेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। घटनास्थलमा थप अनुसन्धान भइरहेको छ।




