Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
20.6 C
Birgunj
spot_img

सर्लाहीमा १७ ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ, पाँच नेपाली र चार भारतीय पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,०३ मंसिर । सर्लाहीका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी गर्ने संगठित गिरोह प्रहरीले पक्राउ गरेको छ। बागमती, रानीगञ्ज, चन्द्रनगरलगायत गाउँमा श्रृंखलाबद्ध रूपमा १७ वटा ट्रान्सफर्मर चोरीमा संलग्न पाँच नेपाली र चार भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ परेकामध्ये नेपाली नागरिक इलामका २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकका ४२ वर्षीय सोनाम लामा, महोत्तरीका ५३ वर्षीय बुधे माझी, वीरगञ्ज–१६ का ३३ वर्षीय दिलीपकुमार ओझा र बाराको जितपुरसिमरा–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन्।

त्यस्तै भारतका ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोजकुमार सहनी, ५५ वर्षीय मो. रयाजुल र ३५ वर्षीय संजित पदार्थ पक्राउ परेका हुन्।

प्रहरीले सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी उनीहरूको साथबाट १०३.८ केजी तामा तार, ५१ थान चोरीका औजार र दुई वटा ई–रिक्सा बरामद भएको जानकारी दियो। “अप्रेसन चार्ली” नामक विशेष टोली परिचालन गर्दै प्रहरीले महोत्तरी, बारा र पर्सा हुँदै सर्लाहीसम्म विस्तारित गिरोहलाई समातेको हो।

एसपी खड्का भन्छन्, “जताततै कृषि प्रयोजनका ट्रान्सफर्मर चोरी हुँदा किसान र प्रहरी दुवै हैरान थिएँ। विशेष टोलीकाे कडा मेहनतपछि मुख्य गिराेह नियन्त्रणमा लिन सफल भएका छाैं।”

प्रहरीका अनुसार सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँका सम्बन्धी चार मुद्दा दर्ता छन् भने बुधे माझीसँग कर्तव्य ज्यान, डाँका र अभद्र व्यवहारसम्बन्धी पाँच मुद्दा रहेका छन्।

छानबिनबाट भारतीय नागरिक सुखाडी सहनीले दुर्गा अधिकारी र सोनामसहित मिलेर एकान्त स्थानमा राखिएका ट्रान्सफर्मरबारे जानकारी संकलन गर्ने गरेको र त्यसपछि भारतीय नागरिकहरूसँग सहकार्य गर्दै तारहरू वीरगञ्जका कबाड पसलमा बिक्री गर्ने गरेको खुलेको छ।

त्यस्तै पक्राउ परेकामध्ये कृष्ण श्रीवास्तवको ‘गढिमाई मेटल प्रालि’ नामक व्यवसाय रहेको र चोरी गरिएका ट्रान्सफर्मरको तामा पगालेर भाँडा बनाएर बिक्री गर्ने गरेको पनि प्रहरीले पत्ता लगाएको छ।

डिएसपी सरोज राईले मुख्य गिरोह पक्राउ परेकाले ट्रान्सफर्मर चोरीका घटना अब रोकिने अपेक्षा गरिएको बताए।

विद्युत प्राधिकरणका अनुसार ५० केभिएको ट्रान्सफर्मर चोरी हुँदा करिब ४ लाख ५० हजार र १०० केभिएको चोरी हुँदा करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति हुन्छ। सर्लाहीमा चोरी भएका अधिकांश ट्रान्सफर्मर १०० केभिएका रहेकाले करिब १ करोड १० लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

ट्रान्सफर्मर चोरीपछि सिँचाइ प्रभावित हुँदा स्थानीय किसान लामो समयदेखि समस्यामा परिरहेका छन्।

ताजा समाचार

थप समाचार