spot_img

नुहाउने क्रममा बेपत्ता व्यक्तिको शव फेला

spot_img
spot_img

जनकपुर,०३ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर छेउको खोलामा बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ। मोरङ सुन्दरहरैचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको शव आज बिहान सशस्त्र प्रहरीले फेला पारेको हो।

उनीसँगै नुहाउन गएका इटहरी उपमहानगरपालिका–१३ का ५४ वर्षीय रोहित काफ्लेलाई भने जीवितै उद्धार गरी उपचारका लागि साई अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरू एकसाथ खोलामा पसेपछि ५८ वर्षीय भीमराज काफ्ले नुहाएर फर्कँदा भट्टराई र रोहित काफ्ले दुवै खोलामा डुबेको देखेर सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।

सूचना पाएपछि मन्दिर सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणका निरीक्षक बाबुकाजी कटुवालको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो।

उद्धारका क्रममा रोहित काफ्ले जीवितै बचाइए भने देवेन्द्र भट्टराईको शव घटनास्थलभन्दा करिब ५० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय