बारा,०३ मंसिर । सिमरा विमानस्थल क्षेत्रमा बढ्दो तनावका कारण आजका लागि सिमराका सबै उडान रद्द गरिएको छ।
बुद्ध एयरले दैनिक ५ उडान संचालन गर्दै आएको थियो। आज पहिलो उडान मात्रै नियमित रूपमा सञ्चालन भएको थियो भने दोस्रो उडान, जसमा एमाले नेताहरू सवार हुने तय थियो, धावनमार्गमै फर्काइएको छ।
बारामा जारी कर्फ्यू र सुरक्षा संवेदनशीलता बढेकाले उक्त निर्णय गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो।
स्थानीय प्रशासनले सुरक्षाको दृष्टिले कडा निगरानी कायम राखेको र जहाज सुरक्षित उडान भर्न सक्ने अवस्था नभएको बताएका छन्।




