Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

संसद् पुनर्स्थापनाको माग कायम राख्दै एमालेले निर्वाचनका लागि दल दर्ता गर्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ ।

रोचक पक्ष यो छ कि, एमालेले एकातर्फ प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ भने अर्कोतर्फ निर्वाचनको तयारीमा जुट्दै दल दर्ता गराएको हो । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको प्रमुख माग संसद पुर्नस्थापना नै भए पनि निर्वाचन आयोगको नियमित प्रक्रिया अन्तर्गत दल दर्ता गरिएको स्पष्ट पारेका छन् ।

‘संसद् पुनःस्थापनाको हाम्रो माग कायम राख्दै निर्वाचन आयोगमा दल दर्ता गरेका हौँ,’ गौतमले भने । मंगलबार नै एमालेको विघटित संसद्को संसदीय दलको बैठकले संसद पुनस्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको थियो । यसरी, संसद पुनर्स्थापनाको कानुनी लडाइँ लड्दै गर्दा पनि एमालेले आन्तरिक रूपमा भने आगामी निर्वाचनको तयारीलाई तीव्र पारेको देखिन्छ।

ताजा समाचार

थप समाचार