Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

प्रदेशसभा भवनमा लाइन काटिँदा आजको बैठक अनिश्चित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ मंसिर । मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव आज छलफल हुने तय भए पनि प्रदेशसभा भवनमा विद्युत् लाइन काटिँदा बैठक अनिश्चित बनेको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू समयमै उपस्थित भए पनि लाइन नआएपछि बैठक सञ्चालनमा अन्योलता बढेको प्रदेशसभा स्रोतले जानकारी दिए। वैकल्पिक उपायस्वरूप सभा कक्ष सञ्चालनका लागि डिजे जेनेरेटर ल्याइएको छ भने इन्टरनेट पहुँच सुनिश्चित गर्न वाइफाइ जडान गर्ने काम पनि भइरहेको छ।

सात दलीय गठबन्धन र नेपाली कांग्रेससहित ६४ सांसदले सभामुखमाथि प्रस्ताव दर्ता गरेका कारण आजको बैठक राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ। मंगलबार ३२ सांसदले उपसभामुख बबिता राउत ईशरलाई ज्ञापनपत्र बुझाएर बैठक बोलाउन आग्रह गरेका थिए।

हाल प्रदेशसभाभित्र प्राविधिक तयारी जारी छ, बैठक कहिले सुरु हुने भन्ने स्पष्टता आउन बाँकी रहेको स्रोतले बताए।

ताजा समाचार

थप समाचार