Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

एमसीसी कम्प्याक्टमा थप ७ अर्ब अनुदान, कुल रकम १ खर्ब ६ अर्ब पुग्याे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ मंसिर । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत नेपालले ७ अर्ब ८ करोड रुपैयाँ (९५ करोड अमेरिकी डलर) बराबरको अतिरिक्त अनुदान पाएको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार, नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सम्झौताअन्तर्गत यो रकम थप गर्ने निर्णय भएको हो। यससँगै एमसीसी अन्तर्गत नेपाललाई उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। यसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर योगदान रहनेछ।

अमेरिकी दूतावासका अनुसार, यो अतिरिक्त अनुदान नेपालको ऊर्जा प्रणाली सुदृढ गर्ने, प्राथमिक विद्युत् प्रसारण पूर्वाधार निर्माण पूरा गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्ने उद्देश्यका लागि प्रयोग हुने छ। यसले ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँच सुधार्ने साथै अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

साथै, यो परियोजनाले अमेरिकी प्रविधि र कम्पनीहरूलाई नेपाली बजारमा प्रवेश गर्ने अवसर पनि वृद्धि गर्ने दूतावासले जनाएको छ।

ताजा समाचार

थप समाचार