spot_img

बारामा १० लाखभन्दा बढी रुपैयाँसहित एक जनालाई पक्राउ

spot_img
spot_img

बीरगन्ज,०३ मंसिर । बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरैनियास्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टबाट खटिएको टोलीले बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर स्थित नेपाल–भारत सीमा क्षेत्रमा उक्त व्यक्ति पक्राउ गरेको हो। प्रहरीले अहिले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन।

सशस्त्र प्रहरी निरीक्षक सन्दीप केसीको नेतृत्वमा खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा लु। ४ प ६४६२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलभित्र लुकाइएको श्रोत नखुलेको रकम बरामद भएको हो।

बरामद रकम र मोटरसाइकलसहित ती व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिनुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय