Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

पार्टी छोडेकामाथि खेदो खन्ने परम्परा हामीकहाँ छैन : रास्वपा प्रवक्ता मनिष झा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नख्खु कारागारमा गएर सभापति रवि लामिछानेलाई नभेटेको विषयमा पार्टीका पूर्वप्रमुख सचेतक सन्तोष परियारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

परियारले एक अन्तर्वार्तामा ‘समय नमिलेको’ कारण देखाउँदै भेट्न नपुगेको बताएका थिए। तर, वनस्थलीस्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै झाले उक्त व्यवहारप्रति प्रश्न उठाए।

उनका अनुसार परियारले पहिल्यै सल्लाह लिएर वा समन्वय गरेर जान सकिन्थ्यो, तर त्यो प्रयास नगरेकै कारण भेट हुन नसकेको हो। उनले भने, “रुपन्देही वा धनगढीको जेल भए अलग कुरा हुन्थ्यो, तर यहाँ त चार किलोमिटरको दूरी मात्रै थियो। भेट्न चाहेको भए सजिलै सम्भव थियो।”

झाले रास्वपा नेता स्वर्णिम वाग्ले हालसालै नख्खु कारागार पुगेर साढे तीन घण्टा लामिछानेसँग बसेर फर्किएको उदाहरण पनि दिए।

यससँगै उनले पार्टी छोडेर जाने व्यक्तिप्रति अपमानजनक टिप्पणी गर्ने वा खेदो खन्ने संस्कार रास्वपामा नरहेको स्पष्ट पारे।
“उहाँ (परियार) जानुभएन, भेट्नुभएन—तर त्यसकै आधारमा मानमर्दन गर्ने अभ्यास रास्वपामा हुँदैन। सुमना श्रेष्ठज्यू पार्टी छोड्दा पनि हामीले यस्तो व्यवहार गरेका थिएनौँ,” झाको भनाइ थियो।

केही दिनअघि मात्र परियारले रास्वपा परित्याग गर्दै पार्टीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए।

ताजा समाचार

थप समाचार