Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

मधेसको सत्ता समीकरण फेरबदलको संकेत, सर्वदलीय बैठक बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ मंसिर । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई दुई तिहाइ बहुमतले पदमुक्त गरेसँगै प्रदेशको राजनीतिक नेतृत्व चयनको विषयमा छलफल तीव्र भएको छ ।

रिक्त रहेको सभामुख पद र नयाँ मुख्यमन्त्री चयनको विषयमा सहमति जुटाउन आज सर्वदलीय बैठक बस्दैछ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए अनुसार, यो बैठक नयाँ सभामुख चयन र मुख्यमन्त्री को विषयमा केन्द्रित रहनेछ। प्रदेशको सात दलीय गठबन्धनभित्र सभामुखका लागि कुन दलले दाबी गर्ने र मुख्यमन्त्री पद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नै निरन्तरता पाउने वा अन्य दललाई हस्तान्तरण हुने भन्नेमा बैठकमा गम्भीर छलफल हुनेछ ।

प्रमुख सचेतक यादवले आजको बैठकमा तत्काल निर्णयभन्दा पनि एजेन्डाको तयारी र दलहरूबीचको मत मिलानमा जोड दिइने बताएका छन्, साथै सभामुख चयनको विषयमा केन्द्रबाट आउने निर्देशनले पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । यता, लोसपाले भने मुख्यमन्त्री आफूले नै पाउनेमा पूर्ण विश्वस्त रहेको जनाएको छ । लोसपा संसदीय दलका नेता जयनुल राइनले वर्तमान गठबन्धन एक ढिक्का रहेकाले जितेन्द्र सोनल नै पुनः मुख्यमन्त्री बन्ने दाबी गरे ।

ताजा समाचार

थप समाचार