Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

मधेस प्रदेशमा सरकारको नेतृत्वमा फेरबदलको तयारी: सात दलको बैठक आज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०४ मंसिर । मधेस प्रदेशको राजनीति अहिले ठूलो संक्रमणकालमा छ। सभामुख रामचन्द्र मण्डलको पदमुक्ति पछि, अब प्रदेशमा नयाँ नेतृत्वको चयनको प्रक्रिया सुरु भएको छ। बुधबार दुई तिहाइ सांसदको बहुमतबाट मण्डल पदमुक्त भएपछि, रिक्त सभामुखको पद र आगामी मुख्यमन्त्रीको चयनको बारेमा चर्चा गर्न सात दलको बैठक आज (मंगलबार) बस्ने भएको छ।

बैठकमा सभामुख र मुख्यमन्त्रीको चयनका साथै सरकारको नेतृत्व कसरी र कस्तो ढाँचामा हुनेछ भन्ने विषयमा विचार गरिनेछ। सूत्रका अनुसार, दलहरु आफूआफ्नो पार्टीका लागि कस्तो सहभागिता सुनिश्चित गर्ने र प्रदेश सरकारको समग्र नेतृत्वलाई कसरी संयोजन गर्ने भन्नेमा छलफल गर्ने तयारीमा छन्।

यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संविधानविपरीत गर्दै होटेलबाट नियुक्ति लिएका थिए, जसले प्रदेशको राजनीतिमा गहिरो अस्थिरता ल्याएको छ। यादवको नियुक्तिको कानूनी वैधता सर्वोच्च अदालतमा चुनौती दिइसकेको छ र यसले प्रदेशभर दिनहुँ प्रदर्शन र आन्दोलनोंको जन्म दिएको छ।

यस्तो असंवैधानिक नियुक्तिका कारण प्रदेश प्रमुखदेखि सभामुखसम्मका प्रमुख पदहरूमा अनिश्चितता र अस्थिरता उत्पन्न भएको छ। यस परिस्थितिमा, सात दलको बैठकले “प्याकेज सहमति” मार्फत प्रदेशको राजनीतिक स्थायित्व पुन:स्थापित गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ।

यस घटनाले मधेस प्रदेशको राजनीतिक भविष्यको दिशा तय गर्ने महत्वपूर्ण मोडमा पुगेको छ।

ताजा समाचार

थप समाचार