spot_img

भारतसँगको साझेदारीले नेपालको पूर्वाधार मजबुत : मन्त्री घिसिङ

spot_img
spot_img

हेटौँडा,०४ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले भारतलाई नेपालको विकास र आपत्कालीन पूर्वाधारमा एक विश्वसनीय साझेदार भएको बताएका छन्। बिहीबार हेटौँडामा आपत्कालीन प्रयोगका लागि भारतले हस्तान्तरण गरेको बेली ब्रिज समारोहमा बोल्दै मन्त्री घिसिङले भारतको निरन्तर सहयोगको महत्व उजागर गरे।

मन्त्री घिसिङका अनुसार भारतको सहयोगमा निर्माण गरिएको हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायातको पहुँच विस्तार गरी लाखौँ नागरिकलाई सेवा, बजार र रोजगारसँग जोड्न मद्दत गरेको छ। उनले पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको योगदानले नेपालको राष्ट्रिय यातायात र व्यापार प्रणालीलाई बलियो बनाएको बताए।

त्यस्तै, भारतीय एक्जिम बैंकमार्फत उपलब्ध गराइएका उदार ऋण सुविधामा सञ्चालित सडक र पुल निर्माण परियोजनाले दुर्गम क्षेत्रसम्म पहुँच बढाउन, क्षेत्रीय कनेक्टिभिटी सुधार्न र राष्ट्रिय यातायात सञ्जाललाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको मन्त्री घिसिङले बताए।

उनले नेपाल–भारत साझेदारीलाई केवल भौतिक पूर्वाधारमा सीमित नभई विपद् व्यवस्थापन र विकास निर्माणमा पनि निरन्तर सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय