बारा,०४ मंसिर । बाराको सिमरा क्षेत्रमा जेनजी युवाहरूले बिहीबार राजमार्ग अवरुद्ध गर्दै गरेको प्रदर्शन स्थगित भएको छ। प्रशासनले कुटपिटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने र वार्तामा बस्ने आश्वासन दिएपछि प्रदर्शनकारूले आन्दोलन रोकेको बताएका छन्।
जेनजी युवा कपिल खरेलका अनुसार, प्रहरीले प्रशासनसँग मिलेर शुक्रबार वार्ता गर्ने तयारी भइरहेको छ।
यसअघि प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा ६ जना प्रहरी र ४ जना जेनजी युवा घाइते भएका थिए। प्रदर्शन स्थगित भएपछि बिहान ११ बजे अवरुद्ध रहेको यातायात पुनः सुचारु भएको छ र सिमराको अवस्था सामान्य बनेको छ।



