spot_img

रक्सौलमा ४ करोड बराबरको लागुऔषधसहित दुई नेपाली नागरिक तस्कर पक्राउ

spot_img
spot_img

बिहार–नेपाल सीमास्थित रक्सौल क्षेत्रमा अवैध रूपमा हुँदै आएको ठूलो परिमाणको लागुऔषध तस्करीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रक्सौल अन्तर्गत हरैया थानाको टोलीले नेपालबाट बीआर–06 जीए 5001 नम्बरको १२ चक्का ट्रकमार्फत लुकाइ–छिपाइ गरी ल्याइएको गाँजा बरामद गरेको हो।

ट्रकको गुप्त तहखानाबाट ४४४.१६६ किलो गाँजा फेला पारिएको रक्सीमा डीएसपी रक्सौलले पुष्टि गरेका छन्। नेपालबाट रक्सौल बाइपास हुँदै बिहारका अन्य क्षेत्रतर्फ लैजाँदै गरिएको उक्त मादक पदार्थसहित दुई जना नेपाली नागरिक तस्करलाई प्रहरीले घटनास्थलमै पक्राउ गरेको हो।

डीएसपीका अनुसार ट्रकमा विशेष रूपमा बनाइएको गुप्त कक्ष प्रयोग गरी लामो समयदेखि तस्करी हुँदै आएको प्रारम्भिक आशंका गरिएको छ। हाल प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय