Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

एमालेको कार्यक्रमअघि माइतीघरमा जेन–जी घाइतेको धर्ना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ मंसिर । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् ।

एमालेले शुक्रबार सोही स्थानबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ । त्यसलाई रोक्न जेन–जी घाइते सडकमा आएपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ ।

धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् । उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेन–जीको माग पूरा भएको खै भन्ने प्रश्नसहितका प्लाइकार्ड प्रदर्शन गरेका छन् ।

ताजा समाचार

थप समाचार