Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.4 C
Birgunj
spot_img

सर्लाहीमा ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, चालक फरार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,०५ मंसिर । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । साँझ करिब ७ः३० बजे नाअप ३७८ नम्बरको ट्र्याक्टर पार्किङ गर्ने क्रममा ट्रलीमा सवार अन्दाजी ४ देखि ५ वर्षका आर्यन राय ट्रलीबाट खसेर गम्भीर घाइते भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी पर्सा सर्लाहीबाट प्रहरी नायब निरीक्षक शम्भु यादवको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली करिब ७ः ४५ बजे घटनास्थल पुगेर गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।

प्रहरीका अनुसार घाइते बालकलाई अस्पताल पुर्‍याई उपचार गर्ने क्रममा साँझ करिब ८ः ४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक राम प्रवेश रायका छोरा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्र्याक्टर घटनास्थलमै फेला परे पनि चालक भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । ट्र्याक्टर नियन्त्रणमा लिई कार्यालयमा ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार