रौतहट,०५ मंसिर । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा बिहानै भएको स्कुल बस दुर्घटनामा २ वर्षे आदित्य कुमार साहको ज्यान गएको छ।
प्रहरीका अनुसार ओम एकेडेमी विद्यालयको प्रदेश–३–०१–ख १७२६ नम्बरको बस बिहान सवा ८ बजे मानपुरतर्फ जाँदै गर्दा स्थानीय रञ्जन साहका छोरा आदित्यलाई ठक्कर दिएको थियो। बालक गम्भीर रूपमा घाइते भए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनापछि बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान अघि बढाएको जनाएको छ।



