spot_img

ओलीले एमाले महाधिवेशन भाँड्ने प्रयास नगर्न चेतावनी दिए

spot_img
spot_img

काठमाडौं,०५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने प्रयास नगर्न सभासद र कार्यकर्तालाई चेतावनी दिएका छन्।

शुक्रबार पार्टीको युथ भोलिन्टियर कार्यक्रमको उद्घाटन गर्दै ओलीले केही पक्षहरूले महाधिवेशनमा बाधा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाए। उनले भने, “त्यस्तो सोच नै नबनाउनुहोस्। एमालेको महाधिवेशन आफ्नो ठाउँमा बसेर सम्पन्न हुनेछ।”

एमालेको ११औं महाधिवेशन मंसिर २७–२९ मा काठमाडौंमा भव्य रूपमा हुने बताइएको छ। ओलीले महाधिवेशनलाई ऐतिहासिक बनाउन र पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे।

उनले कार्यकर्तालाई टाउको नदुखाइ, महाधिवेशनलाई सहज र सफल बनाउन सहयोग गर्न आग्रह पनि गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय