Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनमा ३ अर्बको लगानी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ मंसिर । नेपाल विद्युत् प्राधिकरणले भारतसँगको सहकार्यमा दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि तीन अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, नेपाल र भारतले संयुक्त कम्पनी स्थापना गर्नेछन्। नेपालतर्फको कम्पनीमा प्राधिकरणले एक अर्ब रुपैयाँ र भारततर्फको कम्पनीमा दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्नेछ।

इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली रुटमा चार-चार केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना बनाइएको छ। यस परियोजना सन् २०३० भित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।

नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१% र भारतीय कम्पनीको ४९% शेयर रहनेछ। भारतमा स्थापना हुने कम्पनीमा भने भारतीय कम्पनीको ५१% र प्राधिकरणको ४९% शेयर हुनेछ।

ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार, नेपालमा लगानी प्राधिकरणको आन्तरिक स्रोतबाट हुनेछ भने भारतमा लगानी गर्न हालको कानुनमा छुट दिइने व्यवस्था गरिएको छ।

ताजा समाचार

थप समाचार