Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.4 C
Birgunj
spot_img

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै एमालेको राजधानी प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ मंसिर । नेकपा एमालेले आज राजधानी काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु गरेको छ। ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अघि सार्दै बागमती प्रदेश कमिटीले आयोजना गरेको यो प्रदर्शनमा पार्टीका नेता–कार्यकर्ता सक्रिय सहभागितासहित सडकमा उत्रिएका छन्।

एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई आजको जनसभाको मुख्य मागका रूपमा अघि ल्याएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २३ र २४ गतेको ‘विध्वंस’पछि असंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन भएको विरोधमा एमालेले वडा, पालिका र जिल्ला तहसम्म जनपरिचालन चलाउँदै आएको छ।

गत असोज ३१ मा सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयअनुसार कात्तिक २२ गते देशभरका वडामा वडा भेला, कात्तिक २५ मा पालिकास्तरीय र्‍याली तथा कात्तिक २९ मा जिल्ला स्तरीय जनसभा गरिसकिएको गौतमले बताए। उनका अनुसार आजको कार्यक्रमपछि जनपरिचालनको पहिलो चरण औपचारिक रूपमा समापन हुनेछ। त्यसपछि मंसिर २७ गते ११औं महाधिवेशनको उद्घाटनका क्रममा फेरि काठमाडौंमा विशाल जनसभा गर्ने तयारी भइरहेको छ।

आजको र्‍याली प्रदर्शनी मार्गबाट सुरु भई रत्नपार्क परिक्रमा हुँदै भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ। जनसभालाई अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

ताजा समाचार

थप समाचार