Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

सप्तरीमा मोबाइल चोराेको आरोपमा कुटपिटबाट १ जनाको मृत्यु, ४ पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी,०६ मंसिर । सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा भएको कुटपिटबाट एक युवकको ज्यान गएपछि प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।

राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेशकुमार यादवको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले विष्णुपुर गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सरोकुमारी साह, राजविराज नगरपालिका १६ बोरियाका १७ वर्षीय दिनेश ठाकुर, १४ वर्षीय छोटु भन्ने रवीन्द्र ठाकुर र २५ वर्षीय सन्तोष राउतलाई पक्राउ गरेको हो ।

बुधबार सरोकुमारी साहले मोबाइल चोरीको आरोपमा यादवलाई लठ्ठीले कुटपिट गर्दा उहाँको घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते हुनुभएको थियो ।

घाइते यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइ त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएकोमा शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानको क्रममा आरोपी कुमारी साहसहित थप तीनजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । मृतक यादव र साहसहित पक्राउ परेका चारैजना हाल राजविराज नगरपालिका वडा नम्बर १६ बोरिया लवटोलीमा बस्दै आउनुभएको थियो ।

ताजा समाचार

थप समाचार