Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

मधेस प्रदेशसभामा नयाँ सभामुख चयन अदालतको फैसलापछि मात्रै हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०६ मंसिर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको किनारा लागेसँगै मात्रै मधेस प्रदेशसभामा नयाँ सभामुख चयन हुने तयारी भइरहेको छ।

हाल सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि प्रदेशसभा सभामुखविहीन बनेको छ। पद अनुकूल आचरण नगरेको भन्दै ७ दलका ६४ प्रदेशसभा सदस्यहरूले मण्डलविरुद्ध प्रस्ताव दर्ता गरेका थिए। बुधबार प्रदेशसभा बैठकमा दुई तिहाइभन्दा बढी ७६ सदस्यको समर्थनसहित प्रस्ताव पारित भएपछि मण्डल पदमुक्त भएका हुन्।

यद्यपि, मण्डलले प्रस्तावलाई रोक्न पाँच जना सदस्यलाई बर्खास्त गर्ने निर्णय गरे पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि ती सदस्यहरूको पद यथावत् छ। उपसभामुख बबिता राउतले सभामुखविहीन प्रदेशसभाको सञ्चालनको जिम्मेवारी सम्हालेकी छिन्। उनले बिहीबार सर्वदलीय बैठक डाकेर निवर्तमान सभामुखका कर्मचारी हटाउने र नयाँ सभामुख चयन प्रक्रिया सम्बन्धी छलफल गरेकी छन्। बैठकमा ठोस निष्कर्ष भने निकाल्न सकेको छैन।

एमाले संसदीय दलका नेता सरोज कुमार यादव सात दलको विरोधबीच मुख्यमन्त्री नियुक्त भए पनि विवादास्पद निर्णय असंवैधानिक भएको भन्दै ७ दलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिटमाथि अन्तिम सुनुवाइ मंसिर ११ मा हुनेछ।

सर्वोच्चको फैसलासँगै मात्र सभामुख चयनमा ठोस निर्णय हुनेछ भन्ने नेताहरूको भनाइ छ। लोसपा, जसपा नेपाल र कांग्रेसले गठबन्धनभित्र आफ्नो दाबी राखेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयनुल राइनका अनुसार, “सर्वोच्चको फैसलापछि मात्रै सभामुखको विषयमा निर्णय गरिनेछ।”

यसैबीच गठबन्धनको सबै दलले मुख्यमन्त्री नियुक्ति र सभामुख चयनको राजनीतिक भागबण्डा सर्वोच्चको फैसलापछि गर्ने तयारी गरिरहेका छन्।

ताजा समाचार

थप समाचार