Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

मतदाता संख्या एक करोड ९० लाख पुग्याे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, मंसिर ०६ । निर्वाचन आयोगका अनुसार देशभरको मतदाता संख्या हाल एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ। गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेको थियो।

सरकारले छुटेका मतदातालाई नामावलीमा समावेश गर्न अध्यादेश ल्याएको थियो। सो क्रममा ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावलीमा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्। यसमा पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ र अन्य ६१ मतदाता रहेका छन्।

आयोगका अनुसार यसअघिका नियमित प्रक्रिया मार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन्।

निर्वाचन आयोगका सहसचिव नारायण प्रसाद भट्टराईले भने, २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताको नामावली मंसिर २० मा आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ।

मंसिर २१ देखि २७ सम्म मतदाता नामावलीमा त्रुटि सच्याउन, उजुरी दिन वा मृतक/नागरिकता त्यागेका मतदाता हटाउन आवेदन दिन सकिनेछ। यसबारे निवेदन, उजुरी वा सूचना आयोगको वेबसाइट, प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमार्फत दिन सकिनेछ। पुस १५ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

आयोगले मतदाता नामावलीलाई पूर्ण र त्रुटिरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताएको छ।

ताजा समाचार

थप समाचार