जनकपुर,०६ मंसिर । नेपाली कांग्रेस मधेश प्रदेशले पूर्व मन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
प्रदेश सभापति कृष्णप्रसाद यादवले दिवंगत आलमको घर, राजपुर–४, रौतहटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँसँगै मधेश प्रदेशका सभा सदस्य नागेन्द्र साह, रौतहटका सभापति सुनिल कुमार यादव, गढिमाइ नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव लगायतका नेता कार्यकर्ता उपस्थित थिए।
पूर्व मन्त्री आलमको ६३ वर्षको उमेरमा कात्तिक २२ गते केएमसी अस्पताल, सिनामंगलमा उपचारको क्रममा निधन भएको थियो। आलम नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएको नेता थिए।



