Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति किसान श्रेष्ठको आपत्ति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०७ मंसिर । बारा क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’ ले आफ्ना कर्मचारी तथा कामदारमाथि भएको धम्कीपूर्ण व्यवहारप्रति कडा आपत्ति जनाएका छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ जबरजस्ती प्रवेश गरी धम्की दिएको उल्लेख गरेका छन्। भदौ २४ गते आगजनी भएको घरको पुनर्निर्माण कार्य भइरहेको बेला गुरुङले कामदारलाई– “फेरि जलाइदिन्छु” भन्ने चेतावनी दिएको श्रेष्ठको दाबी छ।

मंसिर ३ र ४ मा सिमरामा भएको हिंसात्मक घटनाले आफू दुःखी रहेको भन्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

एमाले नेता श्रेष्ठले जेनजी आन्दोलनका नाममा भइरहेको आतंक रोक्न र स्थानीय क्षेत्रमा शान्ति–सुरक्षाको ग्यारेन्टी दिन सरकारसँग आग्रह गरेका छन्। साथै, सिमरा घटनाका घाइतेहरूको उपचारका लागि प्रभावकारी व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

ताजा समाचार

थप समाचार