Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
16.7 C
Birgunj
spot_img

फागुन २१ मै निर्वाचन हुनेमा शङ्का नगर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ मंसिर । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनेमा कुनै शङ्का नराख्न आग्रह गर्नुभएको छ। ‘जेन–जी विद्रोह’ पछि मुलुक राजनीतिक रूपमा संवेदनशील अवस्थामा रहे पनि आयोगले आवश्यक तयारी लगभग पूरा गरिसकेको र अब दोस्रो चरणको कार्यान्वयनतर्फ अघि बढ्दै गरेको जानकारी उहाँले दिएका छन्।

भण्डारीका अनुसार निर्वाचन आयोग आफूले निर्धारण गरेको समयमै निर्वाचन सम्पन्न गराउने दृढताका साथ काम गरिरहेको छ। “हामीले जसरी पनि निर्वाचन गर्नैपर्छ, यसको कुनै विकल्प छैन,” उहाँले भने। निर्देशिका निर्माण, आचारसंहिता तयारी, प्राविधिक तथा भौतिक पूर्वाधारको व्यवस्थापनलगायत प्रारम्भिक कामहरू पूरा भएका छन्। यसपटक खर्च अनावश्यक रूपमा बढ्न नदिन आयोगले सकेसम्म पुरानै सामग्री प्रयोग गर्ने र आवश्यक सामग्री मात्र स्वदेशमै खरिद गर्ने नीति लिएको छ।

निर्वाचनको वातावरणबारे प्रश्न उठिरहेकै बेला आयुक्त भण्डारीले कुनै पनि दलले बहिष्कारको संकेत नदिएको स्पष्ट पार्नुभयो।

“हामीलाई अहिलेसम्म कुनै दलले प्रक्रियाबाट बाहिर बस्छौँ भनेको छैन,” उहाँले भने। दलहरू दर्ता प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन् र जनतामा जाने तयारी गर्दैछन्। एमालेले उठाएको संसद् पुनःस्थापनाको मुद्दा वा ‘जेन–जी’ आन्दोलनले सिर्जना गरिरहेको नयाँ शक्ति समीकरणबारे आयोग प्रवेश नगर्ने भन्दै सबै पक्षलाई प्रतिस्पर्धामा आउन आग्रह गरिएको बताइएको छ।

भण्डारीका अनुसार सरकार र सुरक्षा निकायहरूले निर्वाचन सफल पार्न आवश्यक सहयोग दिने स्पष्ट प्रतिबद्धता जनाएका छन्। आर्थिक स्रोत सुनिश्चित भइसकेको र सुरक्षामा कुनै कमजोरी नआउने विश्वास आयोगले लिएको छ।सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहे पनि आयोग त्यसले आफ्नो तयारीमा प्रभाव नपार्ने धारणा राख्छ।
“अदालतको विषय अदालतमै छाडौँ, आयोग भने निर्वाचन तयारीमै केन्द्रीत हुन्छ,” भण्डारीले भने।

उहाँका अनुसार कार्यतालिका परिवर्तनको कुनै सम्भावना छैन र निर्वाचन स्वच्छ, स्वतन्त्र, पारदर्शी तथा भयरहित वातावरणमा सम्पन्न गरिनेछ।

ताजा समाचार

थप समाचार