spot_img

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

spot_img
spot_img

काठमाडौँ,०७ मंसिर । मेडिकल व्यवसायी तथा अभियानकर्ता दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएको हो।

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको थियो।

प्रहरीले उनलाई मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको हो। आन्दोलनको घोषणा गर्दै भड्काउपूर्ण अभिव्यक्ति दिएको र ती गतिविधिले हिंसा भड्किन सक्ने निष्कर्षपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्दै यातायातसहित सबै क्षेत्र ठप्प पार्ने चेतावनी दिँदै आएका थिए। साथै उनले राष्ट्रिय प्रतिष्ठासँग जोडिएको एनपीएल समेत रोक्न क्यानका अधिकारीहरूलाई चेतावनी दिएको अभिव्यक्ति पनि सार्वजनिक भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय