काठमाडौँ,०७ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएका अदालत अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतको संयुक्त इजलासमा हुँदैछ। राजदूत फिर्ता बोलाउने सरकारी निर्णयबीच अन्तरिम आदेश पालना नभएको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दिएको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले सुनुवाइ गर्नेछ।
सरकारले गत असोज ३० गते अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरूलाई एकैपटक फिर्ता बोलाउने निर्णय गरेको थियो। तर सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते सो निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।
अन्तरिम आदेशपछि सरकारले सम्बन्धित राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको छ, र उनीहरू हाल मन्त्रालयमै उपस्थित भइरहेका छन्।



