बीरगन्ज,०७ मंसिर । बीरगन्ज महानगरपालिकाले गहुँ खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्न सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी शाखाकी प्रमुख रोशनी यादवका अनुसार, बजार मूल्यको आधा दरमा वितरण गरिने यो कार्यक्रम आइतबारदेखि लागू भएको हो।
महानगरपालिकाले वडा नम्बर १ देखि ३२ सम्मका किसानका लागि २३,६०० केजी एनएल २९७ र विजय जातको बीउ खरिद गरी ल्याएको छ। प्रति केजी बीउ ८७ रुपैयाँमा वितरण गरिँदैछ भने ४० केजीको १ बोरा १,८१२ रुपैयाँमा उपलब्ध छ।
बीउ पाउन चाहने किसानले आफ्नो खेतको लालपूर्जा र नागरिकताको प्रतिलिपीसहित महानगरपालिकाको कृषि तथा पशुपन्छी शाखामा सम्पर्क गर्नुपर्नेछ। वितरण किसानको जग्गाको क्षेत्रफलअनुसार गरिने भएको छ।





