Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर नयाँ पार्टी खोल्यौँ : जनार्दन शर्मा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ मंसिर । पूर्वमन्त्री जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभा गृहमा आइतबार पार्टी एकता घोषणा सभामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणपत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । जेनजी विद्रोहपछि पनि पुराना दल रूपान्तरण हुने लक्षण नदेखिएकाले नयाँ पार्टी गठन गरेको उनको दाबी थियो ।

‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ । जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन सकेन’, उनले भने, ‘कांग्रेसले ३६ वर्ष, एमालेले ३५ वर्ष, माओवादीले करिब १७ वर्ष सत्ता चलाए । दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए । ठुला भनिएका दलका नेता र कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो पत्तै भएन ।

दलहरूको प्रष्टीकरणको विरुद्ध हामीले नयाँ पार्टी खोलेका हौँ ।’ शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी कुनै एक दल थप्ने नभई राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्नका लागि साधनको रूपमा स्थापना भएको जिकिर गरे । जेनजी विद्रोह राजनीतिक दलका सांस्कृतिक प्रष्टीकरण, सत्तामा म्युजिक चियर सामाजिक सञ्जाल खुला र नेतृत्वको हस्तान्तरण भएको उनले बताए ।

तर जेनजी विद्रोहको भावना विपरीत ठुला दलका नेताहरू लागेको शर्माले आरोप लगाए ।

ताजा समाचार

थप समाचार