Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

बीरगन्ज महानगरको स्वास्थ्य ल्याबले सेवा विस्तार, दुई वर्षमा २२ हजार बढीले लिए सुविधा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ मंसिर । बीरगन्ज महानगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को सेवा विस्तार गरिएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर ३ मालपोत चोकमा दुई वर्षदेखि महानगरपालिकाले सञ्चालन गरिरहेको जस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि थप १५ प्रकारका जाँच सेवा सुरु गरिएको हो ।

यसअघि उक्त ल्याबमा ५५ प्रकारको स्वास्थ्य जाँच सेवा मात्रै हुदैं आएको थियो । आइतबार बीरगन्ज  महानगरपालिकाका मेयर राजेशमान सिंहले ल्याबका थप सेवाको शुभारम्भ गरेका हुन् । आइतबारदेखि थाइराइड, बी १२, एचएस सीआरपी,टीएसएच लगायतका थप १५ प्रकारका जाँच सेवा सुरु गरिएको ल्याबकी इन्चार्ज राधिका कुमारी गुप्ताले जानकारी दिइन् ।

गुप्ताका अनुसार, आइतबारदेखि थप गरिएका जाँच सेवा यसअघि ल्याबमा उपलब्ध नहुदाँ बिरामीहरुलाई फर्काउनु पर्ने बाध्यता रहेको थियो । अब भने ती सेवाहरु थपिएकाले बिरामीहरु बिना जाँच फर्किएर जानुपर्ने बाध्यता अन्त्य भएको गुप्ताले बताइन्। नगरवासिलाई सहुलियत दरमा जनस्वास्थ्य परीक्षण(ल्याब) सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरपालिकाले २०८० असोज २८ गतेदेखि आफ्नै स्वास्थ्य ल्याब सञ्चालनमा ल्याएको हो ।

बीरगन्जका मेयर सिंहले आइतबारदेखि थप १५ प्रकारका जाँच सेवा उपलब्ध गराइएको बताए । उनले बिरामीहरुको चापलाई मध्यनजर गर्दै ल्याबको सेवा अझ विस्तार गरिने पनि बताए ।बिरामीका दिशा पिसाबका नमूना संकलनका लागि महानगरका विभिन्न चार स्थानमा नमूना संकलन केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जानकारीपनि उनले दिए ।

बीरगन्ज  महानगरपालिकाले दुई वर्षदेखि सञ्चालनमा ल्याएको स्वास्थ्य ल्याबबाट बाहिरका निजी स्वास्थ्य संस्थाको भन्दा निकै सस्तो शुल्कमा सेवा उपलब्ध गराइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले बताए ।महानगरको ल्याबाट बजारका निजी ल्याबको भन्दा ७५ प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराइरहेको उनले बताए । उनका अनुसार प्रयोगशालामा सीबीसी १ सय ७५रुपैयाँ , लिभर फंक्सन टेस्ट २ सय रूपैयाँ र लिपिट प्रोफाइल टेस्ट ३ सय रुपैयाँमा नै परीक्षण गरिने छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।

यस्तै बजारका निजी ल्याबमा १ हजार २ सय रुपैयाँमा हुने थाइराइडको जाँच महानगरको ल्याबाट भने ५ सय ५० रुपैयाँमै उपलब्ध गराइरहेको उनले बताए ।सबैखाले परिक्षणमा नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा प्राप्त गरिरहेको उनले बताए । त्यस्तै महानगरको ल्याबमा जेष्ठ नागरिक ९बृद्द भत्ता पाईरहेका०, मृगौला पिडित, क्यान्सर पिडित, एचआईभी संक्रमित, सहिद परिवार र मधेस आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको पनि मेयर सिंहले बताए ।

ल्याब इन्चार्ज गुप्ताका अनुसार, ल्याब सञ्चालन गरिएको दुई वर्षमा २२ हजार ५ सय १६ जनाले सेवा लिएका छन् । २०८० असोज २८ देखि २०८२ मंसिर ६ गतेसम्म महानगरको स्वास्थ्य ल्याबबाट २२ हजार ५ सय १६ जनाले सेवा लिएको गुप्ताले बताइन् । आइतबार आयोजित सेवा विस्तार कार्यक्रममा बीरगन्ज  महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु, महानगरपालिकाको स्वास्थ्य तथा जनसंख्या प्रबर्धन शाखाका प्रमुख राजु साह लगायतकाकोपनि उपस्थिती थियो ।

ताजा समाचार

थप समाचार