बीरगन्ज,०७ मंसिर । बीरगन्ज महानगरपालिका वडा नं. २८ बगहीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि २४ घण्टे आकस्मिक उपचार सेवा सञ्चालनमा आएको छ। यसअघि केन्द्रमा केवल कार्यालय समयमै उपचार सेवा उपलब्ध थियो।
बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले औपचारिक रूपमा सेवा शुभारम्भ गर्दै स्वास्थ्य क्षेत्रको विस्तार र स्तरोन्नतिलाई महानगरपालिकाको मुख्य प्राथमिकता भएको बताए। उनले बगही र आसपासका हजारौँ नागरिक अब आपतकालीन अवस्थामा अन्यत्र धाउन नपर्ने बताए।
शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा अध्यक्ष सर्युग महतो धानुक लगायतको उपस्थिती रहेको थियो।



