Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
16.7 C
Birgunj
spot_img

निर्वाचन सुरक्षाका लागि सशस्त्रद्वारा ५९ सवारीसाधन खरिदको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ मंसिर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सशस्त्र प्रहरी बलले ५९ वटा नयाँ सवारीसाधन खरिद गर्न लागेका छन्।

जेनजी आन्दोलनपछि भएको आगजनीका कारण सवारीसाधन अभाव देखिएपछि सशस्त्र प्रहरीले चुनावका लागि नयाँ गाडी आवश्यक भएको प्रस्ताव गरेको थियो। सो प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिँदै २१ करोड ६ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको हो।

सशस्त्रले खरिद गर्न लागेका सवारीसाधनमध्ये ५० वटा बोलेरो पिकअप, ३ वटा दंगा नियन्त्रण ट्रक, २ वटा एम्बुलेन्स र ३ वटा विपद् उद्धारका लागि प्रयोग हुने विशेष सवारीसाधन रहेका छन्।

यसैबीच, नेपाल प्रहरीले पनि निर्वाचन सुरक्षाका लागि १८५ वटा गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयले पहिले चरणमा ८५ सवारीसाधनका लागि बोलपत्र आह्वान गरिसकेको छ भने थप १०० गाडी खरिदका लागि टेन्डर प्रक्रियामा प्रवेश गरिसकेको छ।

ताजा समाचार

थप समाचार