Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
20.6 C
Birgunj
spot_img

जनेजी मुभमेन्टद्वारा सुशीला कार्की सरकार बहिष्कारको घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०८ मंसिर । जनेजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई गैरजिम्मेवार निर्णय, भ्रष्टाचार र कुशासनमा संलग्न भएको आरोप लगाउँदै सरकार बहिष्कार गर्ने घोषणा गरेको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले सरकारका प्रमुख सदस्यहरूविरुद्ध विभिन्न गम्भीर आरोपहरू सार्वजनिक गरेको छ। विज्ञप्तिअनुसार, उर्जामन्त्री कुलमान घिसिङमाथि ४३ करोड रुपैयाँ नोक्सानी पुर्‍याएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा समूहलाई गैरकानुनी रूपमा कर छुट दिएको, महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्री प्रकरणमा संलग्न रहेको, तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्तिमा प्राथमिकता दिएको आरोप लगाइएको छ।

त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्ना काकालाई डीआइजी नियुक्त गर्न सशस्त्र प्रहरीमा दरबन्दी नै थपेको दाबी गर्दै संगठनले यो क्रियाकलापलाई “संगठित दुराचार” को स्वरूप दिएको छ।

जनेजी मुभमेन्टले सरकारका यी गतिविधिहरू विद्रोहका आदर्श, सहिदहरूका बलिदान र जनताको आकांक्षामाथि कुठाराघात समान रहेको आरोप लगाउँदै सरकार नैतिक र जनविश्वास दुवैबाट खस्किएको निष्कर्ष निकालेको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल राजीनामा दिन आग्रह गर्दै, उनको नेतृत्वमा बनेको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिष्कार गर्न समग्र देशवासीलाई आह्वान गर्दछौँ।”

ताजा समाचार

थप समाचार