spot_img

आगामी निर्वाचनका लागि ५६ दल दर्ता

spot_img
spot_img

काठमाडौं,०८ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ साढे ५ बजेसम्म कुल ५६ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ ११ गते निर्धारित राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भने १३ दलले दर्ता प्रक्रिया पूरा गरेका छन्।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने समय सीमा मंसिर ७ गतेसम्म तोकेको छ भने प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म समय दिएको छ। दुवै निर्वाचनका तयारी तीव्र बन्दै गएसँगै दल दर्ता तथा अद्यावधिक प्रक्रियामा गतिशीलता बढेको आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय