Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

एनपीएल खेलमैदानबाट सट्टेबाजी सञ्जाल पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०८ मंसिर । त्रिभुवन विश्वविद्यालय क्रिकेट खेलमैदानमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्यारापिटमा बस्ने दर्शक खेलमा रमाइरहेका हुन्छन् । कोही आफूले समर्थन गरेको टिमको उत्कृष्टमा प्रदर्शनमा त्यहीँ उभिएर नाच्छन्, कोही बेस्सरी हुटिङ गर्छन् । तर, शनिबारचाहिँ प्यारापिटको एउटा कुनामा फरक दृश्य देखिइरहेको थियो ।

केही व्यक्तिहरु खेलभन्दा बढी मोबाइलमा ध्यान दिइरहेका थिए । एक/डेढ घण्टासम्म उनीहरु लगातार मोबाइलमा झुम्मिरहेको देखेपछि सादा पोसाकमा खटिएको प्रहरी टोलीले निगरानी गर्न थाल्यो । ‘हाम्रो टोली सट्टेबाजी हुन सक्छ भनेर सुरुदेखि नै परिचालित थियो, त्यस क्रममा शंकास्पद गतिविधि भएको देखिएपछि नजर परिहाल्यो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, ‘टोलीले अझै केही समय निगरानी गर्‍यो, त्यसपछि उनीहरु बेटिङमा संलग्न भएको लगभग निश्चित भएपछि खेल सकिएलगत्तै नियन्त्रणमा लियौं ।’

कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३२ वर्षीय महमद रफी शेख, १९ वर्षीय सोई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसल छन् ।

उनीहरुको साथबाट बरामद भएको १५ वटा मोबाइलको अनुसन्धान गर्दा उनीहरुले बेटाकुलर डट लाइभ नामक बेटिङ साइटबाट सेट्टाबाजी गराउने गरेको पाइएको आचार्य बताउँछन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार बयान दिने क्रममा समेत उनीहरुले सट्टेबाजीमा आफ्नो संलग्नता स्वीकारेका छन् ।

‘नेपालमा भइरहेको खेलको टेलिभिजन वा अनलाइनमा लाइभ आउँदा केही सेकेन्ड ढिला हुने रहेछ,’ एक अधिकृतले भने, ‘त्यही ग्यापमा खेलेर उनीहरुले प्रत्येक बलको लाइभ जानकारी आउनुअगावै बाजी राख्ने गरेका रहेछन् ।’ यही कामका लागि उनीहरु केही दिनअघि भारतबाट काठमाडौंसम्म आएको पाइएको छ । उनीहरु सामाखुसीमा एकैठाउँ बसिरहेको समेत खुलेको छ ।

प्रहरीले यसअघि सट्टेबाजीमा संलग्न भएको आरोपमा भारतीय नागरिक २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारतको चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरीलाई पक्राउ गरेको थियो । एनपीएलका खेलहरुमा अप्रिय गतिविधि नहोस् भन्ने उद्देश्यले निगरानीका लागि सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको छ । एक जना प्रहरी निरीक्षकको कमान्डमा खटिने टोलीले निरन्तर दर्शकदीर्घको चारैतर्फ बसेर दर्शकको गतिविधिमाथि नजर राख्दै आएका छन् ।

‘खेल कुनै समस्याबिना सञ्चालन होस् भनेर प्रहरीले हरसम्भव प्रयास गरिरहेको छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आचार्य भन्छन्, ‘कुनै अप्रिय गतिविधि हुन नदिने गरी काम गरिरहेका छौं ।’

ताजा समाचार

थप समाचार