Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
16.7 C
Birgunj
spot_img

प्रदेश प्रमुखद्वारा जनकपुरमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ मंसिर । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार रामजानकी विवाह पञ्चमी महोत्सवको अवसर पारेर नेपाली सेनाद्वारा जनकपुरधाममा आयोजित तीन दिने स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको छ ।

श्री मध्यपूर्वी पृतना बर्दिवास अन्तर्गतका युनिटहरुको संयोजनमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रदेश प्रमुख कर्णले यसप्रकारको शिविरको आयोजना गर्नु सकारात्मक काम भएकोे बताउनुभयो । नेपाली सेनाले गर्दैआएको सकारात्मक काम जनताको बिचमा जाने बताउनुभयो ।

उहाँले यस प्रकारको शिविरले जनताले प्रत्यक्षरुपमा लाभ लिने भएकाले सो कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा मध्य पूर्वि पृतना बर्दिवासका पृतनापति एव उपरथी कृष्णबहादुर जिसीले रामजानकी विवाहपञ्चमी मधेश प्रदेश मात्र नभइ नेपालकै ठुलो उत्सवको रुपमा रहेको बताउनुभयो ।

आम नेपाली जनताका लागि यसप्रकारको स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले यस शिविरको क्रममा नेपाली सेनाले गरेका विभिन्न क्रियाकलापजस्तै राहत उद्यारका कामसहित अन्य धेरै विषयमा जनचेतना जगाउने काम पनि हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्रीहरु लखन दास, कन्चन विच्छा, वृहतर जनकपुर क्षेत्र विकास समितका अध्यक्ष शीतल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलसहित उच्च सुरक्षा अधिकारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाज र आम नागरिकको सहभागिता रहेको श्री विष्णु दल गण धनुषा महेन्द्रनगरका गणपति खिलेन्द्रराज अमगाईले जानकारी दिनुभयो ।

उहाँले तीन दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा स्वास्थ्य उपचारका साथै नेपाली सेनाको फोटो प्रदर्शनी, राष्ट्रिय सेवा दलसम्बन्धी जानकारीमूलक प्रदर्शनी, नेपाली सेनाको भर्ना र छनौटसम्बन्धी जानकारीमूलक प्रदर्शनी, सर्पदंशको उपचारसम्बन्धी प्रदर्शनीसमेत राखिएको र जनचेतना जगाउने काम हुँदैआएको बताउनुभयो ।

ताजा समाचार

थप समाचार