Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

मुख्यमन्त्री यादवद्वारा जलेश्वर प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०८ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालको आकस्मिक अनुगमन गरेका छन्। अस्पताल पुगेका मुख्यमन्त्री यादवले इमरजेन्सी, वार्ड तथा भर्ना कक्षअघि उपचाररत बिरामीहरूसँग सेवा–सुविधाको अवस्था बुझ्दै सम्पूर्ण संरचना र व्यवस्थापनको प्रत्यक्ष निरीक्षण गरे।

अनुगमनका दौरान प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष मिन्नु झा र निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहले अस्पतालमा जनशक्ति र विशेषतः विशेषज्ञ चिकित्सकको गम्भीर अभाव रहेको जानकारी मुख्यमन्त्रीलाई गराए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले विशेषज्ञ चिकित्सकको अभावका कारण धेरै बिरामी रेफर गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।
उनले अस्पताल प्रमुखलाई आजै आवश्यक चिकित्सक तथा जनशक्तिको सूची मागसहित मन्त्रालयमा पत्र पठाउन निर्देशन दिए।
“कुन–कुन विशेषज्ञ चिकित्सक आवश्यक छन्, त्यसको विवरण मन्त्रालयमा पठाउनुस्, उपलब्धताअनुसार हामी चिकित्सक पठाइदिन्छौं,” उनले भने।

अदालतले दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देशन दिएको कारण संरचनात्मक समस्याका दीर्घकालीन समाधानमा केही चुनौती रहेको बताए। तर दैनिक रुपमा बिरामीले भोग्नुपरेका समस्या समाधानमा आफू तत्काल कदम चाल्न तयार रहेको स्पष्ट पार्दै उनले भने,
“बिरामी उपचारमा समस्या परेको जानकारी आए तत्काल एक्सन लिन्छु।”

जनकपुरमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रादेशिक अस्पताल जलेश्वर ‘दोस्रो उत्कृष्ट अस्पताल’का रूपमा चयन भएको उल्लेख गर्दै मन्त्री यादवले त्यही आधारमा अझ प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउन आवश्यक पहल गर्ने आश्वासन दिए।

अनुगमनका क्रममा मुख्यमन्त्रीले अस्पतालमा उपचाररत बिरामीहरूसँग प्रत्यक्ष कुरा गरी प्राप्त सेवाबारे बुझाइसमेत लिएका थिए।

ताजा समाचार

थप समाचार