spot_img

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

spot_img
spot_img

धनगढी,०९ मंसिर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको दुखद मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१४ बनकट्टी स्याउले बस्ने ४५ वर्षीया धना बिष्टलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले मंगलबार बिहान कच्ची घर भत्काउँदै आक्रमण गरेको प्रहरीले पुष्टि गरेको हो।

करीब पौने ३ बजे घरभित्र सुतेकी बिष्टलाई हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्‍याए पनि उपचारका क्रममा पौने ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

निकुञ्ज क्षेत्र आसपासमा हात्तीको आक्रमणका घटना वर्षेनी दोहोरिने गरेका छन्। प्रहरी र निकुञ्जका जिम्मेवार निकायहरूले स्थानीयलाई रातको समयमा विशेष सतर्कता अपनाउन, जोखिम क्षेत्र नजिक सर्तक रहन र वन्यजन्तुसँगको दूरी कायम राख्न आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय