Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

आज देशभर विवाहपञ्चमी भव्य रूपमा मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ मंसिर । भगवान् राम र सीताको दिव्य विवाह–दिवसको स्मरणमा आज देशभर विवाहपञ्चमी पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ। विशेषगरी जनकपुरधाममा यस पर्वको भव्यता उत्कर्षमा पुग्ने भएकाले आज शहर पूरै उत्सवमय बनेको छ। मधेश प्रदेश सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ।

त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न भएको राम–सीताको विवाहलाई आधार बनाएर जनकपुरमा हरेक वर्ष सांस्कृतिक, धार्मिक र ऐतिहासिक मूल्यमान्यतासहित भव्य कार्यक्रम आयोजना गरिन्छ। विगत दुई दशकदेखि जनकपुरको ऐतिहासिक रङ्गभूमिमा मिथिला परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवरदेखि विवाह संस्कारसम्मका सम्पूर्ण विधि नाटकीय रूपमै प्रस्तुत गर्ने परम्परा स्थापित छ।

आज बिहानैदेखि राम मन्दिर र जानकी मन्दिरबाट दुलाहा–दुलहीका प्रतिमा राखिएको आकर्षक डोला जुलुस, बाजागाजा, झाँकी र शोभायात्रासहित रङ्गभूमितिर लगिएको छ। त्यहाँ रामायणमा वर्णित शिवधनुष परीक्षण, स्वयंवर तथा वैवाहिक संस्कार धार्मिक विधिपूर्वक सम्पन्न गरिनेछ। कार्यक्रमपछि वर–बधुका प्रतिमालाई मिथिला परम्परा अनुसार पुनः जानकी मन्दिरमा लगेर विवाह सम्पन्न गर्ने प्रथाअनुसार पूजाअर्चना गरिनेछ।

विवाहपञ्चमीका अवसरमा जनकपुरमा आज लाखौँ भक्तजनको भीड लाग्ने अनुमान गरिएको छ। भारतका बिहार, उत्तरप्रदेश लगायत सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा धार्मिक पर्यटक आउने क्रम बिहानैदेखि तीव्र छ। प्रतिछाया जन्ती आउने मिथकीय विश्वास तथा हास्य–व्यङ्ग्य मिसिएको मिथिला संस्कृतिको झल्कोले रङ्गभूमि र शहरभर उत्सवको माहोल थप रंगीन बन्छ।

भजन–कीर्तन, रामलीला, प्रवचन तथा विभिन्न धार्मिक–सांस्कृतिक प्रस्तुतीले आज जनकपुरधाम पूर्णतः धार्मिक रंगमा रङ्गिएको छ। यद्यपि पहिले एक महिना लामो पर्वका रूपमा मनाइने विवाहपञ्चमी महोत्सव अहिले चार दिनमा सीमित गरिए पनि भक्तजनको उत्साह, सांस्कृतिक झाँकी र भव्यतामा कुनै कमी छैन।

देशभरका राम–सीता मन्दिरमा पनि आज विशेष पूजाअर्चना, आरती तथा सांस्कृतिक कार्यक्रम भइरहेका छन्। विवाहपञ्चमीका दिन विवाह साइत नहेर्ने मिथिला परम्परा आज पनि यथावत् मानिन्छ।

ताजा समाचार

थप समाचार