Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

गरिबी हटाइएन भने महिलामाथिको हिंसा अन्त्य हुँदैन : प्रधानमन्त्री कार्की

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् ।

‘गरिबी रहँदासम्म समानता हुँदैन । खान छैन भने घरमा के को समानता?’ उनले भनिन्, ‘पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिजर्ना गर्नुपर्‍यो । महिलाले पनि रोजगारी गर्न पाउनु पर्‍यो । त्यसपछि मात्र हिंसाको अन्त्य हुन्छ, समानता आउँछ ।’

मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानु परिरहेको बताएका प्रधानमन्त्रीले भनिन्, ‘रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ । यसको अन्त्य हुनु पर्‍यो ।’

गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्तिहरूमा महिलालाई प्राथमिकता दिएको बताइन् । तर, महिलालाई नियुक्ति गर्ने भन्दैमा वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा भए तिनलाई अवसरबाट बञ्चित नगरिने उनले बताइन् ।

‘मैले सरकारमा आएपछि नियुक्ति गर्दा महिला खोज्ने गरेको छु । तर, वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा छन भने तिनलाई अवसर नदिने कुरा पनि भएन,’ उनले भनिन्, ‘तर, जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ, त्यहाँ महिलालाई ल्याउने गरेका छौं ।’

ताजा समाचार

थप समाचार