Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
23 C
Birgunj
spot_img

निर्वाचित सरकारलाई सहज रूपमा सत्ता हस्तान्तरण गर्न तयार छौँ : गृहमन्त्री अर्याल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन् । सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको बताउँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने जिकिर गरे । सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी भएको जेनजी आन्दोलनपश्चात विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्यसबेलाको त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सरकारले सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफलता पाएको बताए ।

‘अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘अब निर्धारित समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुछ ।’

सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको भएको पनि उनले बताए । ‘हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरू कहिं कतै सुनिएका छन्,’ उनले थपे, ‘सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ ।’

वर्तमान सरकार कसैको निवाहमा नबनेको उनको भनाइ थियो । ‘वर्तमान सरकार कसैको निगाहामा बनेको होइन । हामी कुनै अपेक्षाले आएका होइनौं र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौं । देशको विशिष्ट अवस्थामा, शुन्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं,’ उनले भने ।

प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर हाँसिल गर्ने दिशामा सरकार रहेको बताएका गृहमन्त्रीले सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताए ।

‘भयरहित निश्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो । हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्ने छौं,’ उनले भने ।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चात्का कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको पनि उनले बताए । मन्त्री अर्यालले गोष्ठीमा गृह र प्रदेश सरकारका यी प्रयासहरूका बारेमा समीक्षा गरी थप प्रभावकारी रूपमा अगाडि बढ्नेगरी रणनीति तय गर्नेमा समेत बताए । गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका तीनै सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीलगायतको उपस्थित छ ।

ताजा समाचार

थप समाचार