Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

सिंहदरबार प्रवेश गर्न खोज्दा जेनजी युवाहरू प्रहरीद्वारा रोकिए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ मंसिर । प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने प्रयास असफल भएर आक्रोशित बनेको जेनजी समूहले मंगलबार सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ ।

सोमबार प्रधानमन्त्रीले भेट नदिएपछि आक्रोशित बनेका युवाहरूको एक समूह आज सिंहदरबार छिर्न खोजेको थियो । तर, सिंहदरबारको सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरूलाई निषेधित क्षेत्र प्रवेश गर्न नदिई तत्काल हटाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिँदै, निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले उक्त समूहलाई सिंहदरबार क्षेत्रबाट हटाइएको बताएका छन् ।

प्रहरीले यो समूहलाई सिंहदरबार परिसरबाट मात्र नभई अनामनगरस्थित भाटभटेनीबाट पनि परसम्म हटाइदिएको छ। प्रधानमन्त्रीसँग भेटेर ज्ञापनपत्र बुझाउने प्रयासमा रहेका जेनजी युवाहरूलाई प्रहरीले बलपूर्वक हटाएपछि सिंहदरबारको संवेदनशील क्षेत्रमा कुनै पनि अप्रिय स्थिति सिर्जना हुन पाएन। यस घटनाले युवाहरूको राजनीतिक दबाब दिने प्रयास र सरकारको सुरक्षा कडाइबीचको तनाव झल्काउँछ।

ताजा समाचार

थप समाचार