Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

रानीपोखरीबाट लुटिएको प्रहरी हतियार इलाममा भेटियो, तीन जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,०९ मंसिर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरी टोलीले लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जना पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुरुमा रानीपोखरीबाट हतियार लुट्ने मध्येका एक दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी पक्राउ परेका थिए । दमक बस्ने उनी जेनजी आन्दोलन हुँदा काठमाडौं पुगेका थिए ।
पुरीको कोठामा रानीपोखरीबाट लुटिएको टाइप–५४ नामको पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भयो । सोधपुछका क्रममा उनले एउटा पेस्तोल र गोली दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताए ।

विश्व नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेका उनले केपी शर्मा ओलीलाई पराजित गरेका थिए । माओवादी छाडेर उनी पछिल्लो समय नेपाली कांग्रेसमा छन् ।

पुरीको बयानका आधारमा प्रहरीले २९ वर्षीय विश्व लिङ्देनलाई घरबाटै पक्राउ गर्यो । सोधपुछ गर्दा उनले आफूसँग भएको हतियार इलामका साथीलाई बेचेको बयान दिए । उनको बयानकै आधारमा सोमबार प्रहरी टोली पेस्तोल खोज्दै इलामको चुलाचुली गाउँपालिका–४ आइतबारे पुग्यो । विश्वको बयानका आधारमा आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वा सोधपुछ गर्दा २० हजार रुपैयाँमा किनेको पेस्तोल बारीमा लुकाएको बयान दिए ।

उनको बयानका आधारमा उत्खनन् गर्दा रातो प्लास्टिकको झोलामा बेरेर राखेको अवस्थामा ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल भेटियो । माटोमा गाडेका कारण पेस्तोलमा खिया लागेको थियो ।

‘विश्वले सुरुमा २० हजार रुपैयाँमा बेचेको भन्यो, पछि फेरि राख्न दिएको भन्दैथियो,’ प्रारम्भिक अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ,‘ लागुऔषध कारोबारी खोज्ने क्रममा हतियार भेटिएको हो, तीनै जना लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन् । रानीपोखरीले थप अनुसन्धान गर्ला ।’ बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र तीनै जनालाई कारबाही अघि बढाउन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।

ताजा समाचार

थप समाचार